 
                                     
								तनहूँ । भिमाद नगरपालिकाको भिमाद बजारमा रहेको जनज्योति क्याम्पसको नेपाली कांग्रेसको चुनाव प्रचार तथा कार्यक्रमहरु आयोजना गर्ने अखडा भएको छ । नेपाली काङ्ग्रेसले ”जनताको साथमा काङ्ग्रेस ” अभियान लिएर भिमाद बजारको जनज्योति क्याम्पसको हलभित्र भाद्र ११  गते शनिवार कार्यक्रम गरेको थियो । नेपाली कांग्रेस तनहूँ क्षेत्र नं. १ ले गरेको कार्यक्रममा जिल्ला सभापति जितप्रकाश आले, महासमिति सदस्य, माहाधिबेसन प्रतिनिधि, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, वडा समिति, भातृ संगठनका प्रतिनिधिहरु, स्थानीय निर्बाचन २०७९ को पालिकाका जनप्रतिनिधिहरु लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसै बिषयमा भिमाद क्षेत्रका बासिन्दासग सम्पर्क गर्दा ”शिक्षाको मन्दिरमा यसरी कुनै पनि पार्टीको कार्यक्रम गर्न नहुने हो क्याम्पसले कार्यक्रम गर्न  हल दिएको भाडामा होला ! ” उहाँहरुको भनाई रहेको छ साथै ”जनज्योति क्याम्पसमा नेपाली कांग्रेसका धेरै कार्यक्रमहरु हुने गरेको ” बताउनुभएको छ ।
२०७९ सालको स्थानिय चुनाबमा पनि अन्तरकृया कार्यक्रममा पार्टीको झन्डा राखेर बिद्यार्थीहरुलाई जम्मा गरि भोट माग्ने कार्यक्रम पनि गरिएको थियो । उक्त कार्यक्रममा उक्त क्याम्पस प्रमुख केशवराज काफ्ले पनि अतिथिको रुपमा आसनग्रहण गर्नुभएको थियो ।
क्याम्पसमा नेपाली कांग्रेसका विभिन्न कार्यक्रमहरु भईरहेको र ति कार्यक्रमहरुमा हल प्रयोग गर्दा भाडा लिईएको छ कि निःशुल्क उपलब्ध गराईएको हो ? उक्त बिषयमा प्रतिक्रिया लिन उक्त क्याम्पस प्रमुख केशवराज काफ्लेसग सम्पर्क गर्दा क्याम्पस प्रमुख काफ्लेले मोवाईल फोन उठाउनुभएन ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


