रोकिराखेको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा चालकको मृत्यु

  • ख-
  • ख+

हेटौंडा । मकवानपुरमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हेटौंडा-१८ कठाएत चोकमा भण्डारी लोकमार्ग अन्तर्गत ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना। ५ च २९९ नम्बरको बोलेरोले सडक छेउमा रोकिराखेको बा. ४४ प ३८०२ नम्बरको मोटरसाईकलसँगै रहेका चालकलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते वीरगञ्ज -१ बस्ने ३१ वर्षीय धर्मेन्द्रराम थारुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । (नेपाल प्रेसबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?