काठमाडौं । चर्चित अभिनेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारी गर्नुभएको छ । थापाको गृहजिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट उहाँले उम्मेदवारी दिने लगभग निश्चित भएको छ ।
राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उहाँको उम्मेदवारी निश्चित भएको हो । पार्टीले निर्णय भने गर्न बाँकी भएपनि थापाले आफ्नो चुनावी अभियान पनि सुरू गरिसक्नुभएको छ ।








