 
                                     
								प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उमेदवार हुन खोज्ने आकांक्षी ९९ मध्ये ८ जनाको व्यवस्थापन हुनेछ भने ९१ जनाको आवेदन शुल्क पार्टीलाई चन्दा हुनेछ ।
तनहूँ । मंसिर ४ को निर्वाचनको घोषणासगै देशभर जस्तै तनहूँ कांग्रेसका नेता तथा कार्यकर्ताहरु जोडतोडले लागिरहनुभएको छ । तनहूँ कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आफुलाई आकांक्षीको रुपमा प्रस्तुत गर्न भ्याई नभ्याई छ । नेतै नेता भएको तनहूँ कांग्रेसले अघिल्लो निर्वाचनमा कम्युनिष्टहरुसग पराजय भोगेपनि समानुपातिक तर्फबाट प्रदेशमा २ हालमा मन्त्री डोबाटे बि.क. र सरिता गुरुगंलाई पठाउन सफल भएको थियो भने राष्ट्रिय सभामा प्रकाश पन्थलाई विजयी गराउन सफल भएको थियो ।
बर्षातको पानी कर्कलाको पातमा एकैछिन देख्दा सुन्दर देखिन्छ तर हावाको सानो झोकाले भुईमा हराए झै हराउन पुगेका कम्युनिष्टहरुको एकता कर्कलाको पातको पानी जस्तै भएसगै तनहूँ कांग्रेसीजनहरु हौसिन थाल्नुभएको छ र संघको २ सिट र प्रदेशको ४ सिट सहित ६ सिटको लागि आवेदन फाराम आब्हान गर्दा ९९ जनाले आवेदन फाराम भर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यको उमेदवारको आवेदन फाराम भर्नेले ६ हजार र प्रदेश सभा सदस्यको उमेदवार हुन आकांक्षीले ४ हजार शुल्क तिनुपर्ने नियम लगाएकोले तनहूँका क्षेत्रिय कमिटिहरुले राम्रै आम्दानी गरेपनि क कसले कहाँ कहाँ टिकट प्राप्त गर्नेछन् कार्यकर्ताहरु बिच लगभग कण्ठ नै रहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल म सांसद भएर, सकेसम्म कार्यकारी पदमा पुगेर चौरासी पुजा गर्छु है शंकर भनेर भन्दा पुर्वमन्त्री एवं केन्द्रीय सदस्य शंकर भण्डारीले नाई भन्न सक्ने अवस्था रहनेछैन । ” तिम्रो लागि म समानुपातिकमा ५ नम्बरभित्र पार्न पहल गर्छु नि” भनेर भण्डारीलाई व्यवस्थापन गर्न वरिष्ठ नेता पौडेल सफल हुनुहुनेछ । त्यतिबेला हुन्छ दाई भन्नुभन्दा केन्द्रीय सदस्य भण्डारीसग अरु बिकल्प बच्नेपनि छैन ।
अर्कोतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई पनि त्यहि शुत्र लगाउदै राष्ट्रिय सभामा पक्का भनेर पार्टी सभापतिसग वाचा गराउन सके पौडेलबालाई तनहूँ क्षेत्र नं. १ मा उमेदवार हुन कांग्रेसबाट अरु कोहिले आँट गर्नसक्ने देखिदैन ।
क्षेत्र नं. २ मा निर्विकल्प प्रदिप पौडेललाई कृष्ण सिटौलाले अगाडि बढाउने सम्भावना अत्याधिक बलियो रहेको छ भने केन्द्रीय सदस्य धुर्व वाग्लेलाई पार्टी सभापति शेरबहादुर देउवा र पौडेलले ”धुर्व बाबु तिम्रो लागि हामी कहि न कहि व्यवस्थापन गर्छौ ” भनेर निर्वाचनमा खटाउने सम्भावनालाई नकार्न सकिदैन । जितप्रकाश आलेलाई त एकपटक जिल्लामा कांग्रेसका उमेदवारलाई विजयी गराउन सफल नेतृत्व गर्नुस् त्यसपछि पालो त तपाईकै हो नि भनेर सम्झाउने शतप्रतिशत सम्भावना रहेको छ ।
तनहूँ क्षेत्र नं. १ मा पनि वरिष्ठ नेता पौडेल र क्षेत्र नं. २ मा केन्द्रीय सदस्य पौडेल उमेदवार बनेपनि गठबन्धनको गाँठो फुकाउन प्रदेशका ४ मध्ये २ सिट नेकपा माओवादी केन्द्रलाई दिनुपर्ने वाध्यताबाट तनहूँ कांग्रेस भाग्नै सक्दैन ।
माओवादीलाई २ सिट दिएपश्चात प्रदेश सदस्यको लागि तनहूँ क्षेत्र नं. १ (१) मा अघिल्लोपटकको पराजयको खाटो मेटाउन र जातिय भोट तान्नको लागि गुरुगं उमेदवारलाई उठाउनु पर्ने तनहूँ कांग्रेसको आवश्यकता रहेको छ ।
पुराना प्रदेश सांसदलाई नै मौका दिने कि नयाँ उमेदवार अगाडि बढाउने मामला यो प्रदेशमा निकै पेचिलो बन्ने सम्भावना अत्याधिक रहेको छ ।
त्यसैगरि तनहूँ कांग्रेसको भागमा पर्ने तनहूँ क्षेत्र नं. २ (२) मा प्रदेश सदस्यको लागि कम्युनिष्टको गढ ढाल्न सक्ने युवा उमेदवारलाई अगाडि बढाउनु पर्ने सम्भावना रहेकोमा जातिय मत तान्न र स्थानिय निकायको निर्वाचनमा केहिबेर रुख छोडेर उडेका पुनः रुखमै फर्केका पुतलीलाई टिकट दिनुपर्ने कांग्रेसको तनहूँ कांग्रेसको वाध्यता रहेको छ ।
संघ तथा प्रदेशमा समानुपातिकमा पर्न दर्जनौको आवेदकहरुको आकांक्षा भए पनि व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ समानुपातिकबाट गण्डकी प्रदेशको सभा सदस्य बन्ने लगभग निश्चित जस्तै रहेको छ । श्रेष्ठले तनहूँ कांग्रेसको किचलो देखेर ” भो तनि रामचन्द्र दाई भाईहरुलाई चित्त बुझाउनै गारो भो , मलाई प्रदेश सदस्य हुनुछैन ” नभनेसम्म उहाँलाई प्रदेससभा सदस्य बन्न कसैले रोक्न सक्नेछैन ।
क्षेत्र नं. १ मा वरिष्ठ नेता पौडेल, क्षेत्र नं. २ मा केन्द्रीय सदस्य पौडेल, जिल्लाका केन्द्रीय सदस्य शंकर भण्डारीलाई समानुपातिकमा भाग, गोविन्द भट्राईलाई राष्ट्रिय सभामा लाने बाचा र धुर्व वाग्लेलाई राष्ट्रिय सभा वा अन्य स्थानमा व्यवस्थापन गर्ने बाचा र ताराप्रसाद श्रेष्ठलाई समानुपातिक का तर्फबाट गण्डकी प्रदेश सदस्य बनाउन वरिष्ठ नेता पौडेललाई हम्मेहम्मे पर्ने देखिएको छ । ति कुराहरु मिलाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई साथ दिनुभयो भने ९९ मध्ये ८ जनाको व्यवस्थापन हुनेछ भने ९१ जनाको आवेदन शुल्क पार्टीलाई चन्दा हुनेछ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


