 
                                     
								तनहूँ । वरिष्ठ मुर्तिकार पृथ्वीनारायण श्रेष्ठ प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट उमेदवार हुने हुनुभएको छ ।
”जनताको पक्षमा काम गर्ने कुनै पनि पार्टी र उमेदवारहरु नदेखेर नै आफु स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्यको उमेदवार बन्न लागेको”श्रेष्ठले बताउनुभएको छ ।
”पंचायतलाई कालोरात्री भन्ने हामी प्रजातन्त्र हुदै लोकतन्त्रसम्म आईपुग्दा पनि कति पनि सुधारिएका छैनौ, जनताको जिवनस्तर उकास्ने केहि काम गर्न नसकेपनि सबै पार्टीका नेताहरुको जिवनस्तर अचम्मैको छ त्यहि भएर नै हिजो जुनसुकै पार्टीमा आस्था राखेको भएपनि ति आस्थाहरुलाई तिलान्जली दिएर सबै पार्टी विरुद्धको उमेदवारी हो मेरो ”  मुर्तिकार श्रेष्ठ भन्नुहुन्छ ।
”सधै देश र जनताको लागि काम गर्छौ भन्ने नेताहरुले देश र जनताको लागि केहि गरेनन् त्यहि भएर नै म जस्तो मुर्ति बनाउने मान्छेपनि देश बनाउछु भन्दै राजनितिमा होमिनुपरेको छ” उहाँको भनाई छ । साथै ”पुराना पार्टी र ति पार्टीका नेतादेखि दिक्क भएका तनहूँ क्षेत्र नं. १ का बासिन्दाले आफ्नो र आफ्नो सन्तानको भविष्यको लागि आफुलाई मत दिने ” श्रेष्ठको विश्वास रहेको छ ।
”प्रदेश संरचना देशको बिकासको बाधक, नेपालको लागि अनावश्यक रहेकोले प्रदेश खारेज हुनुपर्छ”  भन्ने विचार राख्ने व्यास ३ निमचोकका बासिन्दा श्रेष्ठ नेपालका प्रख्यात मुर्तिकार हुनुहुन्छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


