 
                                     
								तनहूँ । सामाजिक काममा सक्रिय, नेपाली कांग्रेसका जिल्ला सचिव एवं युवा नेता लक्ष्मीभक्त खनालले तनहूँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसको अध्यक्ष पदमा आकांक्षा राख्नुभएको छ ।
स्नातक तहको शिक्षा उक्त कलेजमा र स्नाकोत्तर तहको शिक्षा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट लिनुभएका खनालले ”कलेजलाई सरकारीकरण गर्न, कम शुल्कमा अध्ययन तथा बिना विषयको शिक्षक कटौती र नयाँ तथा प्राबिधिक विषयको अध्ययन गराउनको लागि आफु अध्यक्ष पदको लागि योग्य व्यक्ति भएको ” दावी गर्नुभएको छ ।
सधै चर्चाको शिखरमा रहने तनहूँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसको हिजो सम्पन्न निर्वाचनमा सदस्य पदमा विजयी भएपश्चात खनालले अध्यक्ष पदमा आकांक्षा पेश गर्नुभएको हो ।
तनहूँको सदरमुकामको सामुदायिक क्याम्पस भएपनि उक्त क्याम्पसलाई सामुदायिक बनाएर दलको भर्तिकेन्द्र बनाईराख्ने समुह र सरकारी क्याम्पस बनाएर सरकारबाट पाउने सेवा सुविधा लिएर धेरै भन्दा धेरै विद्यार्थीहरुलाई कम शुल्कमा शिक्षा दिन चाहने समुहबिच लामो समयदेखि द्धन्द्ध चल्दैआएको छ ।
हिजो सम्पन्न निर्वाचनमा आशालाग्दा युवापुस्ताहरु सदस्य पदमा चयन भएपश्चात युवापुस्ताले उक्त कलेजलाई सरकारीकरण गर्ने दिशामा अगाडि बढाएर कलेजको मान सम्मान बढाउने र विद्यार्थीहरु आर्कषित र्ने कुरा धेरै तनहूँवासीले आशा राखेको छन् ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


