बेलायती महारानी एलिजावेथको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने

  • ख-
  • ख+

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय महारानीको सम्मानमा भदौ २५ गते शनिबारदेखि भदौ २७ गते सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

बैठकले तीन दिन नै नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार राति निधन भएकोप्रति सरकारले दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?