आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्विरोध निर्वाचित

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १ विज्ञानचाैरमा रहेको आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा बुद्धिमान श्रेष्ठ छनौट हुनुभएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाको अध्यक्षतामा क्याम्पसमा बसेको बैठकबाट क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हाे ।

क्याम्पस नियमावलीमा साधारण सभाबाट निर्वाचित सदस्य १६ र क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मध्येबाट क्याम्पस सञ्चालक समिति अध्यक्ष छनौट गर्ने व्यवस्था रहेको छ ।

आजको बैठकले क्याम्पस सञ्चालक समिति सदस्य पदमा व्यास ११ का गोपाल सुर्खाली, व्यास–२ का ताराराम श्रेष्ठ र व्यास १३ का गजेन्द्र पन्थलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?