कमिशनको चलखेल गरिएका समाचार बाहिरिएका बिषयमा सूचना माग्ने व्यक्तिलाई रिसिगं गाउँपालिका प्रशासनबाट सूचना उपलब्ध नगराई झुलाउने र हतोत्साहि गर्ने गरिएको छ ।
तनहूँ । सर्वसाधारणले सहजरुपमा प्राप्त गर्नुपर्ने सूचनाको हक प्रदान गर्न तनहूँको रिसिगं पालिकाले आनकानी गरेको छ । महिनौ अगाडि दिएको निवेदनमा पनि सूचना अधिकारीले अनेकौ बखेडा झिकी सूचना दिन आनाकानी गर्ने ” मैले भनेर हुदैन हाकिम साबसग सोध्नुपर्छ ” भन्ने, विद्युतिय माध्यमबाट सूचना मागेको भए ” तपाईको मेल आाएको नै छैन” भनेर सर्वसाधारणलाई दुःख दिने गरेको पाईएको छ ।
सूचनाको हकका बारेमा रिसिगं गाउँपालिकाका सूचना अधिकारी ई. सागर खनालसग सम्पर्क राख्दा ”नोटरीबाट नागरिकता प्रमाणित गरेको प्रतिलिपि उपलब्ध गराएपछि मात्र सूचनाको हक सम्बन्धि सूचना दिन सकिने प्रमुख प्रमुख प्रशासकिय अधिकृतबाट निर्देशन आएको” बताउनुभएको थियो भने यसै बिषयमा प्रमुख प्रशासकिय अधिकृत टिकाबहादुर गोदारसग सम्पर्क गर्दा पहिलो शब्द नै ”पहिला फोटोकपीको पैसा भुक्तानी गर्नुस् अनि मात्र सूचना दिईने ” बताउनुभएको थियो ।
सुचना मागकर्ताले ”सिमित पेजको लागि त सूचना निःशुल्क पाईने प्रावाधान छ नि” भनेर तर्क गरेपछि बुझेर खबर गर्ने बताउनुभएको थियो ।
सर्वसाधारणले सूचनाको हक माग्दा महिनौ झुलाउने, सूचना मागकर्तालाई नोटरी पब्लिकबाट नागरिकता प्रमाणित गरेर ल्याउनुपर्छ भन्ने, कति सूचना मागेको हो कति पेजको पैसा तिर्नुपर्छ निर्कौल नै नगरिकन पैसा तिर्नुस् भन्ने गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा २७ बमोजिम तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ति सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराईदिनु पर्ने संविधानमा उल्लेख भएपनि तनहूँको रिसिगं गाउँपालिकाले विभिन्न बहानामा सूचनाको हक दिन आनाकानी गर्दै आईरहेको छ साथै कमिशनको चलखेल गरिएका समाचार बाहिरिएका बिषयमा सूचना माग्ने व्यक्तिलाई रिसिगं गाउँपालिका प्रशासनबाट सूचना उपलब्ध नगराई झुलाउने र हतोत्साहि गर्ने गरिएको छ ।
रिसिगं गाउँपालिका जस्तै सूचना दिन आनाकानी गर्ने नेपालका विभिन्न पालिकाका कार्यालय प्रमुखहरुलाई उजुरीको आधारमा सूचना आयोगले विभागिय कारवाही गरिसकेको छ ।








