नेताको सम्पत्ति छानबिन गर्न कांग्रेस उपसभापति धनराज गुरुङको माग

  • ख-
  • ख+

काठमाडौं । लामो समयदेखि नेपालमा राजनीतिक दलका नेताहरूको सम्पत्तिबारे सार्वजनिक टीकाटिप्पणी हुने गरेको छ । आम्दानीको स्रोत नै नभएका नेताहरूको उच्चस्तरीय जीवनशैलीका कारण उनीहरूको आर्थिक अनुशासनबारे आमजनतामा समेत संशयको स्थिति छ । वेलावेलामा नागरिकस्तरबाट नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग उठ्दै आएको छ ।

यस्तैमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक दलका उच्च नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखेका छन् । जसको सुरुवात आफैंबाट गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘राजनीतिक दलका उच्च नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । त्यसको सुरूवात मबाटै गरियोस् । जय नेपाल ’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?