 
                                     
								तनहूँ । तनहूँको व्यास नगरपालिकाले जनताले तिरेको लाखौ रकम करबाट निर्माण गरेको कृषक उत्पादन केन्द्रको हेलचक्रयाई गरेको छ ।
व्यास नगरपालिका वडा नं. ३ अनसन चौतारी नजिक निर्माण गरिएको स्थानीय कृषक उत्पादन बिक्री केन्द्र नगरपालिकाको हेलचक्रयाईका कारण वेवारिसे बनेको छ ।
जिल्ला समन्वय समिति तनहुँले दमौली अस्पताल जानको लागि बाटो बनाउन उपलब्ध गराएको जग्गाको छेउमा नगरपालिकाकाे सोच अनुरुप  केन्द्र संचालनमा नल्याउदा नगरवासीको सम्पत्ति स्वाहा उपयाेग हुन नसकेकाे हो ।
‘१३ वटा टहराहरु बनाउदा लाखौ खर्च गरियो हाेला । रंग लगाउन पैसा खर्च गरियो, जे गर्ने भनेर बनाएको हो त्यसको लागि प्रयोग भएको भए त राम्रै हो‘ उक्त स्थानको बारेमा प्रतिक्रिया लिँदा अनसन चौतारी बसिरहनुभएका एक स्थानीय वृद्ध भन्नुहुन्छ ‘निर्माण गर्न कस्सिने तर संचालन नल्याएर बिचल्ली बनाएपछि यो बनाएको पैसा खर्च गर्नको लागि रहेछ भनेर बुझ्ने हो नि जनताले ‘ ।
कुनै सोच र योजना विना निर्माण गरिएको देखिने उक्त टहरा निर्माण सम्पन्न भएको महिनौ पुग्दा पनि संचालनमा आएको छैन भने निर्माणमा नगरपालिका जसरी तातेको थियो अहिले कुनै योजना पनि ल्याएको छैन।
उक्त टहराहरु हाल दमौली क्षेत्रमा भएका भुस्याहा कुकुरहरु बस्ने, रातिको समयमा फोहोरमैला फ्याँक्ने ठाउँ भएको छ । कृषि उत्पादनकाे बिक्री केन्द्र बनाउने लक्ष्यका साथ निर्माण गरिएको भनिएको उक्त स्थानमा १३ वटा टहरा निर्माण गरिएको छ ।


 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


