कांग्रेस त्यागेका युवा नेता विश्व बास्तोलाद्धारा तनहूँ क्षेत्र नं. १ मा उमेदवारी घोषणा

  • ख-
  • ख+

तनहूँ । तनहूँ कांग्रेस परित्याग गर्नुभएका नेपाली कांग्रेस तनहूँका सचिव एवं युवा नेता विश्व बास्तोलाले आज सामाजिक संजाल मार्फत आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ । उहाँले प्रजातन्त्रप्राप्ति पश्चात दशकौसम्म पनि जिल्लाको विकासमा के कस्ता कामहरु भए बोल्न र महसुुस गर्नुपर्ने बताउदै उमेदवारी घोषणा गर्नुभएको हो । अपिलमा बास्तोलाले आफ्नो ३६ बर्षे राजनीतिक क्यारियरमा धेरै कुराहरु सिक्न पाएको र यथास्तििवादको विरुद्धका आफ्ना योजनाहरु मतदाताहरुग बिस्तारै प्रस्तुत गर्दै जाने पनि बताउनुभएको छ ।
बास्तोलाको घोषणासगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरुद्धको मोर्चाको नेता बन्ने प्रयासमा रहनुभएका नेपाली कांग्रेसका पुर्व सहमहाबन्त्री गोविन्दराज जोशी, स्वतन्त्र उमेदवार घोषणा गरिसक्नुभएका वरिष्ठ मुर्तिकार पृथ्वीनारायण श्रेष्ठ र विश्व बास्तोला बिच कडा टक्कर हुने अनुमाान गरिएको छ । प्रस्तुत छ युवा नेता विश्व बास्तोलाको अपिलः

आदरणीय साथीहरु, नमस्कार ! जय नेपाल !!
समय र परिस्थितिले मानिसलाई कतिपय निर्णयमा पुग्न उत्प्रेरित गर्दो रहेछ , बाध्य पार्दो रहेछ । हाम्रो समाज प्रगतिको पथमा अघि बढ्न नसक्नुमा कहि कतै तपाईं हाम्रै पनि कमजोरी रह्यो कि ? आत्म समिक्षा गर्ने बेला आएको छ । प्रजातन्त्रप्राप्ति पछिका ३१ बर्ष सम्म हामीले अभ्यास गरेको राजनितीले नेता र कार्यकर्ताको बीचमा मालिक र दासको जस्तो सम्बन्ध विकसित हुन गएको कुरा महसुस गरेर पनि बोल्न नसक्नु र नेतालाई खुशी नपारी केही पाइदैन भन्ने मान्यता स्थापित भएका कारण आज राजनीतिप्रती आम निराशा उत्पन्न हुन गएको छ । यस बिचमा न्यायपालिका , शैक्षिक क्षेत्र , प्रहरी प्रशासन , कर्मचारीतन्त्र लगायतका राज्य संयन्त्रमा चरम राजनीतिकरण गरि, भ्रष्टाचार, बेथिति र बिकृतीलाई सामाजिक मान्यता दिलाउने तर गरिब ,किसान ,मजदुर र मध्यम बर्गका समस्याप्रती नेतृत्व उदासीन भएका कारण सिमित बर्ग र ब्यक्तिहरुले सत्ता र शक्तिको आडमा राज्यशक्तिको दुरुपयोग गरि अकुत सम्पत्ती आर्जन गर्दै जानुले बर्तमान राजनितिको चरित्र उदाङ्गो बनाएको छ । नेताहरुले गरे भनेको बिकास जनताले अनुभुती गर्न पाउनु पर्दछ, न कि नेताले आफ्नो बखान आफै गरेर थाक्नु परोस ।
एउटा लोकतान्त्रिक समाजमा आमनागरिकमा अमन चैन कायम हुनुपर्दछ , अबसरहरुको स्वस्थ प्रतिस्पर्धा हुनुपर्दछ । परोपकारी राज्य संरचना अन्तर्गत नेतृत्वबर्ग सधै आमनागरिकको हितमा कसरी काम गर्न सकिन्छ भनेर तल्लिन हुनु पर्नेमा नेताहरु आफ्नै उन्नती र प्रगतिमा केन्द्रित हुँदै आएको परिणाम आम मतदाता निराश हुन पुगेका छन् ।
३१ बर्षको अन्तरालमा जिल्लामा आजसम्म स्वास्थ्यको क्षेत्रमा एउटा गतिलो अस्पताल बनेन, शिक्षाको क्षेत्रमा एउटा सरकारी क्याम्पस बनेन र बनाउने चाहना पनि भएन। अरु त छोडौ २८ बर्ष अघि बनेको सदरमुकामसग जोडिएको केशवटारमार्ग आजसम्म पिच हुन सकेन । मिर्लुङ जस्तो घना आबादी भएको गाउँमा बिकासले किन छुन सकेन ? यस्तो अवस्थामा यी तमाम मुद्दाहरु पुरानै नेताहरुबाट आशा गर्नु भनेको नयाँ बोत्तलमा पुरानै रक्सी सजाए जस्तै हो ।
आउनुस यस पटक केही नयाँ शीराबाट सोचौ ,नेता र जनता मालिक र दास होइन, सहयात्री र सारथी बनौ , परिवर्तन आफैबाट सुरुवात गरौं ।

मेरो ३६ बर्ष लामो राजनैतिक यात्रामा मेरा अग्रजहरु, राजनितिक सहकरर्मी र शुभचिन्तकहरुबाट मलाई प्राप्त साथ र सहयोग नै मेरो तागत हो । यहाँहरुको अपेक्षा , साथ र सुझाबलाई शिरोपर गर्दै आउदो मङ्सिर ४ गते हुने आमनिर्बाचनमा तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको लागी यथास्थितिवादका बिरुद्द परिवर्तनको पक्षमा मेरो स्वतन्त्र उम्मेदवारी रहने जानकारी गराउदछु । मेरो उम्मेदवारी के का लागि भन्ने सम्बन्धमा क्रमशः आफ्ना धारणाहरु राख्ने प्रतिवद्द्ता व्यक्त गर्दै यहाँहरुको सुझाव, साथ र सहयोग को अपेक्षा गर्दछु ।

नमस्कार ! जयनेपाल !!

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?