राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कुन जिल्लाका कुन विद्यालय छानिए र ?

  • ख-
  • ख+

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको हो ।

चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका ३ हजार ४ सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।
कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आठ अर्ब ८८ करोड छुट्याएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?