पृथ्वीनारायण श्रेष्ठ रामचन्द्र पौडेल विरुद्ध तनहूँमा सम्युक्त उमेदवार हुनसक्ने सम्भावना बढ्दै

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहूँ क्षेत्र नं. १ मा स्वतन्त्र उमेदवारी घोषणा गर्नुभएका पृथ्वीनारायण श्रेष्ठ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्धको मोर्चाको सम्युक्त उमेदवार बन्ने सम्भावना बढेको छ । तनहूँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका पुर्व सह महामन्त्री गोविन्दराज जोशी, कांग्रेसबाट केहि समय अगाडि बिद्रोह गर्नुभएका तनहूँ कांग्रेसका पुर्व सचिव विश्व बास्तोलाले उमेदवारी घोषणा गरेको र नेकपा एमालेले केन्द्रीय सदस्य एक बहादुर रानालाई उमेदवारको रुपमा अगाडि बढाउन लागेपनि तनहूँ क्षेत्र नं. १ मा रामचन्द्र पौडेललाई हराउन कांग्रेस विरोधी शीक्तहरुबिच गठबन्धन आवश्यकता रहेको र माथी उल्लेखित नामहरु एकले अर्कोलाई स्विकार्ने अवस्था नभएकोले आफ्नो सम्भवना बढेको स्वतन्त्र उमेदवार पेश गर्नुभएका पृथ्वीनारायण श्रेष्ठले बताउनुभएको छ ।

”बर्तमान समयमा मानिसहरुले साच्चिकै स्वतन्त्र उमेदवार खोजेको र पुराना पार्टीहरुका सधै देखिरेहका अनुहारभन्दा भिजन भएको नयाँ मान्छे खोजिरहेकोले आफु निर्वाचनमा होमिन लागेकोले आफुलाई सपोर्ट गर्न सबै दल तथा अन्य स्वतन्त्र वा पार्टीलाई आग्रह गर्दै उहाँहरुसग वार्ता गर्न लागेकोले सबैले आफुलाई अगाडि बढाउने सम्भावना बढेको ” श्रेष्ठको भनाई रहेकोछ ।

लामो समयदेखि मुर्तिकला र चित्रकला पेशामा आवद्ध रहनुभएका श्रेष्ठ नेपालको वरिष्ठ ललितकलाकर्मी हुनुहुन्छ । उहाँले तनहूँको प्रसिद्ध छाव्दि बाराहीको मन्दिर परिसरको मुर्ति, हेटौडाको शहिद पार्क, लौह पुरुष गणेशमान सिहको मुर्ति, मदन भण्डारीको मुर्ति लगायतका अनेकौ मुर्तिहरु निर्माण गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?