१ बर्षमा घिरिगं गाउँपालिकाले डकुमेन्ट्री निर्माण, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशनमा गर्यो १२ लाख खर्च

  • ख-
  • ख+

तनहूँ । तनहूँको घिरिगं गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा पत्रपत्रिका छपाई तथा सूचना प्रकाशनका नाममा ११ लाख ९६ हजार ३ सय ५ रुपैया खर्च गरेको छ । तनहूँको विकट गाउँपालिकाको रुपमा परिचित घिरिगं गाउँपालिकाले कार्यकर्ता पोस्न तथा कमिशनको लोभमा गाउँपालिकासग सम्बन्धि वृत्तचित्र बनाउने नाममा मात्र २ लाख ९९ हजार खर्च गरेको छ । तोक आदेशको भरमा भुक्तानी गरिएको भन्दै चाडपर्वको समय र चुनावको समयमा आफ्ना नजिकका मान्छेहरुलाई मनमौजी रुपमा आर्थिक बर्ष ०७८। ७९ मा रकम वितरण गरेको पाईएको छ । बिशेषत कम खर्चमा जिल्लाबाट प्रकाशित हुने पत्रपत्रिकामा प्रकाशित गरेपनि सुने सूचनाहरु जिल्ला बाहिरका पत्रपत्रिकामा प्रकाशन गरिएको पाईएको छ ।
बिकास निर्माणका सवालमा पछाडि परेको, आम जनताको जनजिवकिासग जोडिएका सवालमा खासै उल्लेख्य काम गर्न नसकेको पालिकाले यत्रो खर्च किन र कसरी ? भनेर पुर्व जनप्रतिनिधिहरुसग जिज्ञाशा राख्दा विज्ञापन कहाँ दिने, कस्लाई दिने , जिल्लामा दिने कि बाहिरकालाई दिने यी कुराहरु कर्मचारीतन्त्रबाट काम हुने भएकोले आफुलाई केहि थाहा नहुने बताउनुभएको छ ।
आर्थिक बर्ष ०७८। ७९ मा पत्रपत्रिका छपाई तथा सूचना प्रकाशनका नाममा ११ लाख ९६ हजार ३ सय ५ रुपैया खर्च गरिएको समयमा घिरिगं गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा रामप्रसाद शर्मा ( कडेंल) रहनुभएको थियो भने केहि बर्षदेखि हालसम्म कार्यरत अर्जुन बराल लेखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
जनताको राजश्वबाट चल्ने स्थानिय निकायहरुमा आफुखुशी अनावश्यक विज्ञापनहरु वितरण गर्ने , आवश्यकता निर्कौल नगरिकन वृत्तचित्र निर्माण गरि कमिशन खाने र टेन्डरका नाममा वित्रापन प्रकाशन गर्न आफु निकट आफु निकट राजनीतिक दलका कार्यकर्तालाई वित्रापन प्रकाशन गर्न दिर्ई कमिशन बुझ्ने प्रवृत्ति मौलाउदै गएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?