व्यास नगरपालिकाको १ बर्षको खाजा, खाना खर्च मात्र १ करोड १० लाख

  • ख-
  • ख+

प्रायोजन नखुलाईकन गरिएको खर्चमा विलको आधारमा भुक्तानी दिदा लेखा शाखाले चलखेल गरेको आशंका

हाम्रो ध्यान बिकास निर्माण हुन्छ यस्ता बदनाम कमाउने काममा हाम्रो ध्यान नै हुदैन, नियम कानुन र खर्चको सवालमा हामीले पनि कर्मचारीसग सोधेर नै गर्ने हो । हामीले त समाचार आएपछि एय ! यस्तो पो भएछ भनेर थाहा पाउछौ, यस्तो काम कर्मचारीतन्त्रको मिलेमतो नभईकन हुन्छ र ? ” पुर्व जनप्रतिनिधि उल्टो प्रश्न गर्नुहुन्छ ।

तनहूँ । गणतन्त्र आएपछि स्थानिय निकायहरुमा मौलाएको चरम विकृतिको नमुना तनहूँको व्यास ऋषिको नामबाट नामाकरण गरिएको पवित्र भुमी व्यास नगरपालिकामा देखिएको छ । करार कर्मचारीहरु भर्ना गरेर, अख्तियारमा धेरै उजुरी परेर नाम कमाउन सफल नगरपालिकाले विविध शिर्षक राखेर खाजा तथा खाजा खर्चमा १ बर्षमा १ करोड १० लाख खर्च गरेर अर्को रेर्कड राखेको छ ।
२०७९ मा प्रकाशित महालेखा परिक्षकको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७।७८ मा व्यास नगरपालिकामा आन्तरिक आयको परिधिमा रहि विविध खर्च गर्नुपर्ने व्यवस्था भएपनि प्रायोजन नै नखुलाई बर्षमा मासु र भात खान मात्र १ करोड १० लाख खर्च गरिएको भेटिएको छ । अझ अचम्म लाग्दो कुरा त के छ भने सर्वसाधारण वा उपभोक्ता सममितिलाई विभिन्न कागजपत्र पुगेन भनेर महिनौ झुलाएर भुत्तानी नदिने लेखा शाखाबाट केवल विलको आधारमा उक्त रकम भुक्तान दिएको भेटिएको छ । कार्यलयका अनुसार विविध शिर्षकबाट अन्य कार्यक्रमहरु संचालन भएकोले ठुलो रकम विविध शिर्षकबाट खर्च भएको बताईए पनि प्रायोजन नखुलाईकन विल पेश गरिएकोले सो प्रमाण त्यति विश्वाशिलो मानिएको छैन ।

यसै बिषयमा भर्खरै उक्त पालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलासग सम्पर्क गर्दा ”यो मेरो कार्याकालको कुरा त भएन तैपनि खाजा , खानामा १ करोड १० लाख खर्च भनेको त जनताको राजश्व दुरुपयोगको चरम पराकाष्ट हो, मेरो कार्यकालमा १ रुपैया पनि त्यस्तो हुन दिन्न” भन्नुभएको छ ।
त्यसैगरि ”विविध शिर्षकमा खाजा खानामा १ करोड १० हजार खर्च भयो तपाईहरुले त जनताले रगत पसिना गरेर तिरेको राजश्वमा मोज गर्नुभएछ नि दिनमा ५० हजारभन्दा बढिको मासु र भात खाएर” भनेर एक जना पुर्व जनप्रतिनिधिसग प्रश्न गर्दा ”तपाईलाई मैले भनिररहनु नै परेन सबै रिगाउने कमैचारी तन्त्रले हो, म उपस्थित भएर उपभोक्ता समितिले गरेका कतिपय काममा त यो पुगेन त्यो पुगेन भनेर महिनौ रिगाएका छन् १ करोड १० लाख प्रायोजन नखुलाईकन लेखा शाखाले किन भुक्तानी दियो केहि न केहि होला तपाई आफै बुझ्नुस्” भन्नुभएको छ । साथै उहाँले ”जनप्रतिनिधिका हरेक काममा औला उठाउने व्यक्तिहरुले करोडौ खर्च भएका यस्ता बिषयमा पनि खुल्ला छानविनको माग राख्नुस् न तब पो देश बन्छ ” भन्नुभएको छ ।
१ बर्षमा शनिवार र विविध शिर्षक बिदा सहित २२० जति कार्यालय संचालन हुनेमा दिनमा विविध शिर्षकमा मात्र ५० हजारको दरले फजुल खर्च भएको महालेखा महालेखाले औल्याउनु प्रायोजन नखुलाई विल मात्र पेश गरेर भुक्तानी दिनुलाई व्यासमा हुने गरेका बेथितिलाई छर्लगं पारेको छ यो यो बेथितिलाई पुन निर्वाचत हुनुभएका नगर प्रमुख बैकुण्ठ नाथ न्यौपाने र भर्खरै व्यासमा आउनुभएका प्रमुख प्रसाशकिय अधिकृत हरिराम नागिलाले चिर्न सक्नुभयो भने ठिकै छ नत्र अझै बढ्ने पक्का छ । (तस्विरः सांकेतिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?