तनहूँ । नेपाली कांग्रेसका युवा नेता पुर्ण बहादुरले गुरुङ एमाले प्रवेश गर्नुभएको छ । गुरुगं सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका र दोसल्ला लगाएर एमाले प्रवेश गर्नुभएको हो ।
तरुण दलका नेता गुरुगंको केहि दिन अगाडिदेखि नेकपा एमाले प्रवेश गर्ने चर्चा चलेको थियो । गुरुगं नेपाली कांग्रेस विपिको सिद्धान्तबाट बिचलित हुदै गएको नेताहरु चाकडी, चाप्लुसीमा रम्दै गएको हुनाले आजदेखी नेपाली काङ्ग्रेसको राजनीतिबाट टाढा रहेको र नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत बाट राजिनामा गरेको र साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु।’ भनेर लेख्नुभएको थियो ।
युवाहरु माझ लोकप्रिय रहनुभएका गुरुगं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रको युवाहरु माझ लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ ।
गुरुगंको पार्टी प्रवेश कार्यक्रममा एमालेका नेताहरु प्रदिप ज्ञवाली, केदार सिग्देल, रामबहादुर गुरुङ लगायतका नेताहरुको सहभागिता सहभागिता रहेको थियो ।








