नेकपा एमालेले टुग्यांयो तनहूँका उमेदवारहरु

  • ख-
  • ख+

नहूँ। नेकपा एमालेले मंसिर ४ गते हुने निर्वाचनका लागि तनहूँमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दावी गरिरहेको तनहूँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको उमेदवारको एक बहादुर रानालाई मैदानमा उतारेको छ भने गण्डकी प्रदेश सभा सदस्यको उमेदवारको रुपमा राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङलाई उठाउने निर्णय गरेको छ ।
त्यसैगरि तनहूँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उमेदवारको रुपमा किरण गुरुङ र प्रदेश सभा सदस्यको रुपमा केदार सिग्देल र श्यामराजा महतको नाम घोषणा गरेको छ ।
क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उमेदवार एकबहादुर राना पुराना वामपन्थी नेता नेता हुनुहुन्छ भने प्रदेश सभा सदस्यका उमेदवार रामबहादुर गुरुगं गण्डकी प्रदेश सभाको निवर्तमान सदस्य हुनुहुन्छ । त्यसैगरि पुर्णबहादुर गुरुगं भर्खरै नेपाली कांग्रेसबाट नेकपा एमालेमा प्रवेश गर्नुभएका युवा हुनुहुन्छ ।
क्षेत्र २ का प्रतिनिधि सभा सदस्यका उमेदवार किरण गुरुङ नेकपा एमालेका प्रभावशाली नेता एवं स्थायी कमिटिको सदस्य हुनुहुन्छ भने प्रदेश सभा सदस्यका उमेदवार केदार सिग्देल निवर्तमान् प्रतिनिधि सभा सदस्य हुनुहुन्छ र श्यामराजा महत पुराना कम्युनिष्ट नेता एवं चर्चित लोकगायक प्रेमराजा महतको भाई हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?