तनहूँ । नेपाली कांग्रेसका पुर्व विद्यार्थी नेता एवं वर्तमान् केन्दीय सदस्य गोविन्द भट्टराईले लामो समयदेखि तनहूँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको लागि उमेदवारी दिने अभियान आज आईतबार करिब ४ः५६ को समयमा पार्टीको केन्द्रीय कोषाध्यक्ष, राष्ट्रिय सभा सदस्य र मन्त्री बनाउनेआश्वासन पाएपछि टुगिंएको छ ।
केन्द्रीय सदस्य भट्टराईको चाहना थियो पार्टीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई टिकट नदिईकन आफुलाई तनहूँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको लागि टिकट दिओस् । तर वरिष्ठ नेता पौडेलले आशा गरेमा आफ्नो केहि जोर नचल्ने विश्वास लागेपछि भट्टराई शनिवार करिब १ः ३८ बजे को समयमा फेसबुकमा स्टाटस लेख्नुभयो ”पार्टीको टिकटको पछि लाग्नु भन्दा तनहूँ क्षेत्र नं. १ का मतदाता माज आफूलाई प्रस्तुत गर्नु नै उत्तम बिकल्प हो भन्ने ठानेको छु। यस्का लागि सबै साथीहरुलाई तयार रहन अनुरोध गर्दछु। ”
त्यहि अनुरुप गोविन्द भट्टराई काठमाण्डौबाट दमौलीको लागि प्रस्थान गर्नुभयो करिब ११ः १५ मा डुम्रे बजार कट्नुभएका भट्टराईका सर्मथकहरु त्यतिबेला निराश भए जतिवेला उहाँले उमेदवारी दर्ताको फाराम भरिसकेपछि पनि उमेदवारी नदिने कुरा बाहिरियो । स्वयं केन्द्रीय सदस्य भट्टराईबाट फेसबुक, फेसबुक पेज लगायतका सामाजिक संजालमा विद्रोहका आवाजहरु उठाउदै स्टाटस लेख्नु , शुभचिन्तकहरुसग ” ६० बर्ष कट्न लागियो अर्को चुनावमा बुढो भईन्छ यसपटक त टिकट दिएपनि नदिएपनि उठ्छु” भन्नु र काठमाण्ठौबाट उमेदवारी दिने आवाज बोलेर समयमै तनहूँ जिल्ला छिरेको मानिस निर्वाचन कार्यालयमा उपस्थित नहुनु र सामािजक संजालमा लेखे बमोजिम उमेदवारी दर्ता गर्न नआउनुको कारण बुझ्न पटक पटक भट्टराईको मोवाईलमा सम्पर्क गर्दा उहाँको मोवाईलमा सम्पर्क हुन सकेन ।
विश्वस्त श्रोतका अनुसार गोविन्द भट्टराईले उमेदवारी दिने घोषणा गरेर दमौली आएपश्चात नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भट्टराईले आराम गरिरहेको दमाौलीको एक होटलमा गएर भट्टराईसग वार्ता गरेको र वार्तामा वरिष्ठ नेता पौडेलले ”पार्टीको कोषाध्यक्ष बनाउने , निर्वाचन पश्चात राष्ट्रिय सभाको सदस्य बनाउने र मन्त्री बनाउने आश्वासन” दिनुभएको थियो । केन्द्रीय सदस्य भट्टराईले ”तपाईले मात्र भनेर हुदैन” भन्नुभयो र वरिष्ठ नेता पौडेलले पार्टीको आधिकारिक व्यक्तिलाई फोन गरेर ” मैले गोविन्द भट्टराईसग पार्टीको केन्द्रीय कोषाध्यक्ष, राष्ट्रिय सभा सदस्य र मन्त्री बनाउने बाचा गरेको छु तपाईले हुन्छ म पुरा गर्छु भन्ने बचन दिनुपर्यो” भन्नुभएको थियो । आधिकारिक व्यक्तिबाट ”हुन्छ” भन्ने बाचा गरेपछि अन्तिम समय ४ः५५ बजेको समयमा दर्ता हुन ठिक्क पारिएको गोविन्द भट्टराईको मनोनयन दर्ता नगरिएको विश्वस्त श्रोतको भनाई रहेको छ ।








