तनहूँ । जिल्ला समन्वय समिति तनहूँका उप प्रमुख बासुदेव थापाले आवास नपाएर दैनिक रुपमा घरबाट ओहोर दोहोर गर्दा विचल्ली भएको छ । उप प्रमुख थापाले सरकारी सेवा सुविधा अन्तर्गत आवासका लागि जिल्ला समन्वयको क्वाटर पाउनु पर्ने भएपनि अघिल्लो कार्यकालका सदस्यहरुले आवास खालि नगरिदिएको हुनाले थापाले आवास सुविधा प्राप्त गर्न सक्नुभएको छैन ।
जिल्ला समन्वय समितिका एकजना कर्मचारीका अनुसार ”जिल्ला समिति तनहूँका भानु नगरपालिकाका बासिन्दा अधिकारी थरका जिल्ला समन्वय समितिका निवर्तमान् सदस्यले आबास खालि नगरिदिएका कारण थापाले आवास सुविधा प्राप्त गर्न सकिरहनुभएको छैन ।”
”खोई के भन्नु र स्थानिय निकायको चुनाव भएको पनि बर्षदिन पुग्ला जस्तो हुन लाग्यो , कार्यकाल सिद्धिन लाग्दासम्म आवास प्राप्त गरिन्छ कि ? जनप्रतिनिधि भएपछि जनताको काममा समन्वय गर्न सहज हुन्थ्यो कि भन्ने हो नभए ठिकै छ । पृथ्वी राजमार्ग निर्माणको चरणमा भएको हुनाले दैनिक मोटरसाईकलमा हिड्न सक्ने अवस्था रहेन भाडाका सवारी साधनमा ओहोर दोहोर गरौला” थापाले बताउनुभएको छ ।
तनहूँमा गठबन्धन कायम राख्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलमा जिल्ला समन्वय समिति नेकपा माओवादीलाई उप प्रमुख र २ जना सदस्य पद दिईएको थियो । ”३, ३ बटा पदहरु दिन आवश्यकता नहुदा नहुदै पनि पुल्पुल्याएर जिल्ला समन्वय समिति तनहूँमा माओवादी केन्द्रलाई पद दिएको कारण पनि तनहूँको सदरमुकाम दमौली बजारमा रहेको आवास सुविधा दिन नचाहेको” आम मानिसको बुझाई रहेको छ ।
२०७९ बैशाषमा सम्पन्न निर्वाचन सम्पन्न पश्चात तनहूँमा गठन भएको निर्वाचनमा माओवादीको तर्फबाट जिल्ला समन्वय समिति तनहूँको उप प्रमुखमा निर्वाचित थापा आँबुखैरेनी गाउँपालिका वडा नं २ ढापटारको बासिन्दा हुनुहुन्छ ।









