माओवादीका तर्फबाट गण्डकी प्रदेशको अघोषित मुख्यमन्त्रीका उमेदवार हुनु नै हरिबहादुर चुमानका लागि घातक बन्नसके धेरैको अनुमान रहेको छ ।
तनहूँ । त्यसो त पछिल्लो समय तनहूँको राजनितीमा हरिबहादुर चुमान कुनै नौलो नाम रहेको छैन । छिम्केश्वरीको कछाड र त्यसै वरपर १२ बर्षसम्म अध्यापन गराउदाँदेखि राजनितीमा होमिनुभएका चुमानको भिन्नै पहिचान छ । अन्य पार्टीका नेताहरु पनि चुमानलाई नरमपन्थी स्वभावको नेताको रुपमा व्याख्या गर्ने गर्दछन् । पछिल्लो समयमा संघियताको आगमन पश्चात गण्डकी प्रदेशको मन्त्री बन्नुभएका चुमान यसपटक फेरि प्रदेशको चुनाव जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने ध्याउन्नमा निर्वाचनमा होमिनुभएको कुरा बाहिर व्यक्त नगरेपनि जगजाहेर नै छ ।
केहि समय अगाडिसम्म तरुण दलका तरुण नेता पुर्ण बहादुरको लोकप्रियता पनि कम्ता चाख लाग्दो छैन, हत्तपत्त नहाँसिकन नबोल्ने, हत्तपत्त कसैलाई बिझाउने कुरा नबोल्ने गुरुगं ”सानै उमेरदेखि बिद्रोही स्वभावको भएको” उहाँलाई नजिकबाट चिन्नेहरु बताउछन् साथै ”पुर्णले मान्छेलाई अन्याय गर्दैन र कसैसग दब्दैन पनि” भन्छन् त्यसैले होला एक्लो वरिष्ठ नेता पौडेलको तुलनामा पुर्ण बहादुर गुरुगंले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसग स्वतन्त्र उमेदवारको रुपमा निर्वाचनमा होमिदा सम्मानजनक मत ल्याउनु भएको थियो र यसपटक कांग्रेसले आफुलाई प्रदेशसभाको टिकट नदिने पक्का भएपछि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
मंसिर ४ को निर्वाचनमा तनहूँको कर्णाली छिम्केश्वरीको कछाडमा जन्मिएर त्यहि डुल्नुभएका चुमान र तरुण दलमा हुर्किएर नेकपा एमालेका चुनाव जित्नसक्ने हकि स्वभावका पुर्णबहादुर गुरुगं बिच तनहूँको निर्वाचन क्षेत्र नं. १ प्रदेश ख मा रोचक भिडन्त हुन गईरहेको छ ।
हरिबहादुर चुमान भिजेको क्षेत्र, स्थानिय निकायको निर्वाचनको नतिजालाई नियाल्दा गठबन्धनको सुविधाजनक बहुमत रहेको भने पनि तत्कालिन नेकपाको फुटसगै नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेशमा सरकार बनाउदा मुख्यमन्त्री नपाएको माओवादी हरिबहादुर चुमानलाई मुख्यमन्त्री बनाउनुपर्छ भन्ने ध्याउन्नमा छ जुन कुरा हरिबहादुर चुमानको लागि घातक बन्नसक्ने र स्थानिय निकायको निर्वाचन अगाडिदेखि नै पुर्ण बहादुर गुरुगं बिशेष गरि आँबुखैरेनी, देवघाट र बन्दिपुरका मतदाताहरुसग बिशेषगरि युवा मतदाताहरुसग बढि नै नजिक हुनु र कांग्रेसकै मतदाताले पनि गुरुगंको स्वभावले गर्दा ”पुर्ण त हाम्रै दाजुभाई त हो नि” भन्ने मनोभावले गर्दा उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट अघोषित गण्डकी प्रदेशका मुख्यमन्त्रीका उमेदवार हरिबहादुर चुमान र पुर्ण गुरुगं बिच काँटेकि टक्कर हुने उक्त क्षेत्रका राजनितीकर्मीहरुले विश्वास गरेका छन् ।








