तनहूँ कांग्रेसका समानुपातिक उमेदवारहरु गण्डकी प्रदेशसभा सदस्य बन्ने सम्भावना न्युन ( सम्पादित)

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसले समानुपातिक उमेदवारका रुपमा तनहूँबाट बन्द सुचिमा राखेका तनहूँ कांग्रेसका नेताहरु गण्डकी प्रदेश सभा सदस्य बन्ने सम्भावना अत्यन्त न्यून रहेको छ । सत्ता गठबन्धनमा संलग्न नेपाली कांग्रेसले उमेदवारी दिने क्रममा गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ महिला उमेदवार नबनाएको कारण तनहूँबाट समानुपातिक उमेदवारको सूचीमा रहेका नेताहरु प्रदेशसभा सदस्य बन्ने सम्भावना अत्यन्तै न्यून रहेको हो ।
गण्डकी प्रदेशका ६० जना सदस्यहरुमा ३६ जना प्रत्यक्ष निर्वाचित भएर आउने प्रावधान रहेको छ भने २४ जना समानुपातिक सूचिबाट छनौट गर्ने गरिन्छ । पहिलो प्रदेश सभा निर्वाचन पश्चात नेपाली कांग्रेसबाट ९ जना नेताहरु समानुपातिक सूचिबाटबाट प्रदेश सदस्य हुनुभएको थियो । यसपटक पनि सोही जनमत प्राप्त भएको अवस्थामा काङ्ग्रेसको तर्फबाट ९ जना समानुपातिक उम्मेदवारहरु गण्डकी प्रदेशको सांसद बन्ने संभावना रहेता पनि ३३ प्रतिशत महिला हुनु पर्ने संबैधानिक प्रावधानका कारण तनहूँबाट बन्द सुचिमा परेका हरु सांसद बन्ने सम्भावना अत्यन्तै न्यून रहेको छ ।
तनहूँबाट युवा नेता श्याम मौराती दलित कोटाबाट १ नम्बरमा रहेपनि नेपालको संविधानमा प्रदेशसभा नेपाली काङ्ग्रेस ले प्रत्येक्ष तर्फ ३६ सिट मध्य १८ सिट र समानुपातिक तर्फबाट ९ सिट गरि जम्मा २७ सिट जितेको खण्डमा समानुपातिकतर्फका सबै ९ सिटमा महिला पर्ने भएकाले नेपाली काङ्ग्रेसको तर्फ बाट प्रदेश सभामा कुनै पनि पुरुष समानुपातिकबाट सांसद बन्न नपाउने अवस्था छ। यसै गरि १५ सिट प्रत्यक्ष मा जित्दा १ जना मात्र पुरुष पर्दा प्रदेश सभापति शुक्र राज शर्मा र १२ सिट प्रत्यक्ष मा जित्दा २ जना सम्म पुरुष पर्ने अवस्था मा थप १ जना पुरुष जनजाति तर्फका पहिलो पर्ने सम्भावना रहन्छ । यस्तो अवस्था मा खस आर्य तर्फ २ नम्बर मा परेका ध्रुव वाग्ले र दलित तर्फ को १ नम्बरमा परेका श्याम मौरतीको समेत ३३ प्रतिशत महिलाका कारण सांसद बन्ने सम्भावना रहदैन भने खस आर्य महिलातर्फको अन्तिम क्रममा रहेकि चिनु पोख्रेल र जनजाती तर्फका प्रेम गुरुङ त झनै सम्भावना देखिदैन ।२०७४ को निर्वाचनमा काङ्ग्रेसले प्रत्यक्षतर्फ ६ सिट मात्र जितेको र समानुपातिक मा ९ जना गरि जम्मा १५ सिटको ३३ प्रतिशत ५ जना महिला मात्र समानुपातिक परेको हुदा ४ जना पुरुष समानुपातिकबाट सांसद हुन पाएका थिए । २०७४ मा प्रत्यक्ष तर्फबाट जित्न नसके पनि २ जना समानुपातिकबाट प्रदेशसभामा सांसद भएको भएतापनी यसपटक बरिष्ठ नेताले तनहूँबाट समानुपातिकको प्राथमिकता क्रममा अगाडि पार्न नसक्दा प्रत्यक्षतर्फबाट नजितेको अवस्थामा प्रदेशसभामा तनहूँबाट काङ्ग्रेसको प्रतिनिधित्व शून्य हुने सम्भावना रहेको चर्चा हुनथालेको छ । ( सम्पादित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?