दाङमा बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

  • ख-
  • ख+

दाङ। दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ ।

बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै शनिबार दिउँसो बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । नदीमा डुबेकी दंगीशरण गाउँपालिका–२ कि १३ वर्षीया निरुता बस्नेतलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?