नेपालमा भेटियो कोरोना ओमिक्रोनको सबभेरियन्ट, सचेत रहन आग्रह

  • ख-
  • ख+

नेपालमा कोरोना भाइरस ओमिक्रोनको सबभेरियन्ट एक्सबीबीका संक्रमित भेटिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत् नेपालमा पहिलोपटक यो भेरियन्ट फेला परेको जनाएको छ ।
गत साउन २१ देखि असोज १४ सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समुहको नमूनाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा केही नमूनाको जिनोमिक पहिचानको क्रममा उक्त संक्रमण पाइएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यो भेरियन्ट विभिन्न देशहरूमा समेत फैलिरहेको र कोभिड १९ को संक्रमण बढेको सन्दर्भमा मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न गराउन सचेतसँगै मन्त्रालयले अनुरोध पनि गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?