गोरखाका जनताले टुरिष्ट उमेदवार प्रचण्डलाई होईन आफुलाई मतदान गर्ने शुसिल पन्तको दावी

  • ख-
  • ख+

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उमेदवार शुसिल पन्तले नेकपा ”माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा जनताले तिरस्कार गरेर आफुलाई मतदान गर्ने ‘‘बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोरखा २ मा उमेदवार बन्नुभएका पन्तले ”रामो काम गर्ने युवाहरुको जन्म भएको कारण प्रचण्डले गोरखाबाट नजित्ने ” बताउनुभएको छ ।

”माओवादी आन्दोलनन र गणतन्त्रले देशलाई वर्वादीतिर लगिरहेको कारण जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने ” पनि उमेदवार पन्तले बताउनुभएको छ ।

”देशमा युवाहरुले चलाउनुपर्छ भन्ने वातावरण बनिरहेको अवस्थामा आफु गोरखा मै जन्मेको, गोरखाको बासिन्दा भएको कारण यसपटक यहाँका जनताले माओवादीका नेता प्रचण्डलाई हराउने र आफुलाई विजयी गराउने ” पन्तले बताउनुभएको छ ।
”नेताहरुले संसार हेरेर त्यस्तै बनाउछु भन्ने बाचा गरेपनि देशलाई त्यतातर्फ नलगेको कारणले देशमा बिकास हुन नसकेको र अव म जस्तो युवा जस्ले संसार देखेको पनि छ , त्यहि अनुसार काम पनि गर्न सक्छ त्यसैले टुरिष्ट होईन आफ्नै गाउँघरको छोरा नाति, दाजुभाई हो भनेर विजयी गराउने ” पन्तको भनाई छ ।

लामो समयसम्म माओवादी आन्दोलनमा सक्रियता पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध हुनुभएका पन्तले ”म सक्रिय राजनीतिमा आउने व्यक्ति होईन तर नेताहरुले देश बिगारे भनेर राजनीतिमा आएको हुँ ” पनि भन्नुभएको छ ।

‘पन्त सर्घषशिल, आफ्नो गाउँ ठाउँलाई माया मान्ने र बिकासप्रेमी युवा भएको कारण गोरखा २ का जनताले यसपटक राम्रो माया गर्ने” उक्त क्षेत्रका बुद्धिजीवीहरुको अनुमान रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?