बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

  • ख-
  • ख+

वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ ख ५८०५ नम्बरको बससँग ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी होमालाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?