तनहूँ । तनहूँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उमेदवार पृथ्वीनारायण श्रेष्ठसग चुनाव प्रचार प्रसारको क्रममा घरदैलोको रिपोटिगं गर्दा जनतामा व्यापक असन्तुष्टि रहेको पाइएको छ ।
पृथ्वी राजमार्गको छेउछाउ पर्ने व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकाका विभिन्न स्थानमा मतदाताहरुसग भेटघाट तथा अन्तरक्रिया गर्दा मतदाताहरुमा राजनीतिक दल र निर्वाचनको बेला हात जोड्दै आउने नेताहरु प्रति ठुलो असन्तुष्टि रहेको पाइएको छ ।
व्यास ११ कमलवारीकी एकजना ६५ बर्षिया बृद्धा ”नेताहरुले रोजगारीको अवसर सिर्जना नगरेको कारण धेरै नेपाली युवाहरु विदेशमा पसिना बगाउन जानु परेको र अहिलेका नेताहरुले कहिले एम सिसि पारित गर्ने कहिले नागरिकता विधेयक पारित गरेर देशलाइ वर्वादीतर्फ लग्न लागेकोले स्वतन्त्र नागरिकले देश जोगाउन पहल गर्नुपर्ने ” बताउनुभएको थियो । त्यसैगरि देउराली, छिर्कन बजार, डुम्रे, बिमलनगर लगायतका विभिन्न स्थानहरुमा पनि मतदाताहरुले तनहूँ क्षेत्र नं १ बाट उमेदवार बन्नुभएका विभिन्न पार्टीका उमेदवारहरु को नामै तोकेर ”यसपटकको निर्वाचनमा ति व्यक्तिहरुले चुनाव जितेर गए जिल्ला झनै अन्धकार बन्ने” बताउनुभएको थियो।
मतदाताहरु भनाई पश्चात ”मतदाताहरुमा पुराना पार्टीका नेताहरुप्रतिको बितृष्णा र स्वतन्त्र उम्मेदवार विजयी भएमा केहि गर्ने छन् भन्ने आशा र भरोसा देखिएको कारण आफुले अझ जिम्मेवारी बोध गरेको” स्वतन्त्र उमेदवार पृथ्वीनारायण श्रेष्ठले बताउनुभएको थियो।
”जनताको पिडा सुन्ने देशको समस्या समाधान गर्नेतर्फ ध्यान दिनेभन्दा आफ्नो समस्या हल गर्नेतर्फ ध्यान दिने हालसम्म तनहूँबाट चुनिएका प्रतिनिधि भएका कारण जनता सारै रुष्ट रहेको पाएको, आफु जनताका समस्या, देशका समस्या समाधान तथा सम्बोधनमा कहिल्यैँ पछि नहट्ने” उमेदवार पृथ्वीनारायण श्रेष्ठले बताउनुभएको थियो ।
करिब १० बजेबाट शुरुभएको श्रेष्ठको घरदैलो कार्यक्रममा श्रेष्ठसग भेट भएका तनहूँ क्षेत्र नं. १ का अधिकांश मतदाताले पुराना नेतृत्वहरुसग रुष्ट रहेकोले विरोध स्वरुप अरु कुनै उमेदवारलाई मतदान गर्ने बताउनुभएको थियो ।









