काठमाण्डौ । नेकपाको विवादले नयाँ मोड लिदै गर्दा आज विहान बसेको प्रधानमन्त्री केपी शर्मा ओली समुहको केन्द्रिय कमिटिको बैठकले तनहूँबाट ४ जना केन्द्रिय सदस्यहरु थपिनुभएको छ । जसमापुराना वामपन्थी नेता टुकराज सिग्देल, केदार सिग्देल, कृष्ण कुमार श्रेष्ठ (किसान ) र भगवती न्यौपाने हुनुभएको छ ।
टुकराज पुराना वामपन्थी नेता नेकपा तनहूँका हुनुहुन्छ, केदार सिग्देल र श्रेष्ठ नेकपा तनहूँकाअध्यक्ष एवं हालसालै बिघटित र सर्वोच्चअदालतमा विचाराधिन प्रतिनिधिसभाका सदस्य हुनुहुन्छ भने भानु नगरपालिकाकी बासिन्दा न्यौपाने राष्टियसभाकी सांसद हुनुहुन्छ ।
पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार नै मनोनयन गर्नुभएको थियो । जसमा वर्तमान केन्द्रीय कमिटीका ४४७ जना, मनोनित गरिएका ५५६ जना रहेका छन् । त्यसमा रिक्त १९६ जना पछि थप हुने जनाईएको छ ।
दुवैले आ आफु आधिकारीक पार्टी बताईरहे पनि प्रचण्ड माधब नेपाल समुहले केपी ओली समुहले गरेका पार्टी सम्बन्धित गतिविधिहरु गैरकानुनी बताउदै आईरहेको छन् ।










