तनहूँ १ ‘क’ मा विजेता को ? रामबहादुरसग नजिर र अशोककुमारसग स्थानिय निकाय निर्वाचनको नतिजा

  • ख-
  • ख+

तनहूँ । संघियता आएपश्चात २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा तनहूँ क्षेत्र नं. १ क मा प्रायसः सबैको अनुमान थियो ”अघिल्लोपटक संघ निर्वाचनमा पराजित नेकपा एमालेका रामबहादुर गुरुगं यसपटक पनि गण्डकी प्रदेशसभा सदस्यको उमेदवारको रुपमा सजिलै पराजित हुनेछन् , नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको सामु गुरुगंको केहि चल्दैन” तर सबैको अनमानलाई गलत सावित गर्दै रामबहादुर गुरुगंले गोविन्द भट्टराईलाई सानदार ढंगले पराजित गर्न सफल हुनुभएको थियो । तिनै रामबहादुर गुरुगं २०७९ मंसिर ४ को निर्वाचनमा पुनः प्रदेशसभा सदस्यको उमेदवारको रुपमा सोहि निर्वाचनक्षेत्रबाट उमेदवार बन्नुभएको छ र उहाँको सामु नेपाली कांग्रेसले नेपाली कांग्रेस तनहूँका पुर्व सचिव, उद्योग वाणिज्य संघ तनहूँको पुर्व अध्यक्ष एवं लायन्सकर्मी अशोक कुमार श्रेष्ठलाई उमेदवारको रुपमा खडा गरेको छ ।

व्यास नगरपालिका १,५,५, १२, १३, १४ बाहेक व्यासका अन्य वडा र भानु नगरपालिकाका सबै वडाहरुको भुभाग समेटिएको तनहूँ क्षेत्र नं. १ क को निर्वाचनको परिणाम रोचक हुने सबैको अनुमान रहेको छ । गण्डकी प्रदेशसभा सदस्य भएर आफ्नो पहलमा भएका विकास निर्माण कामहरु देखाउदै हिड्ने गुरुगं र लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएपनि लाभको पदमा नपुग्नुभएका र लायन्स क्लबको डिष्टिर्क गर्भनर भएर सामाजिक कामहरुमा निकै ठुलै योगदान दिनुभएका श्रेष्ठबिच निकै रोचक प्रतिष्पर्धा हुने सबैको अनुमान रहेको छ ।

भानु नगरपालिकाका बासिन्दा गुरुगंसग अघिल्लो नजिर र स्थानिय निकायको निर्वाचनमा पराजित हुनुको बदला लिने नेकपा एमालेका नेता तथा कार्यकर्ताको हुटहुटी र भाई फुटे गवार लुटे हुने रहेछ भन्ने भनोभाव छ भने व्यास नगरपालिका दमौली बजारका बासिन्दा श्रेष्ठसग पहिलो चुनावको अनुभव र स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको बहुमत रहेको छ ।

स्थानिय निकायको निर्वाचनको नतिजा, तनहूँ उद्योग वाणिज्य संघ तनहूँको पुर्व अध्यक्ष र लायन्सकर्मीको रुपमा बनेको छविले अशोककुमार श्रेष्ठलाई निर्वाचनमा विजयी बन्न केहि सहज हुने लक्षण देखाएको छ भने रामबहादुर गुरुगंको अघिल्लो निर्वाचनको नजिर, विकास निर्माणका काममा देखाएको सक्रियता र प्रदेश सभाबाट फुर्सद निकाल्नासाथ आफ्नो निर्वाचन क्षेत्र डुलिरहने स्वभावले अशोककुमार श्रेष्ठलाई गण्डकी प्रदेशसभा सदस्यको लोगो लगाउनको लागि धेरै नै मेहनत गर्नुपर्ने पनि देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?