रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते

  • ख-
  • ख+

बुटवल । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।

कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको अर्यालले बताए । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?