पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

  • ख-
  • ख+

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।
गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्‍यालीका क्रममा खानमाथि गोली प्रहार भएको उनको पार्टीका प्रवक्तालाई उदृत गर्दै बिबिसिले जनाएको छ ।

गोली लागेर घाइते भएका खानको अवस्थाबारे थप बताइएको छैन ।
पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्।

पाकिस्तानको जियो टेलिभिजनका अनुसार एकजना संदिग्धलाई पुरुष पक्राउ गरिएको छ।

गत महिना पाकिस्तानको निर्वाचन आयोगले खानलाई सार्वजनिक पदका लागि अयोग्य ठहर गरेको थियो।

त्यसलाई पूर्व क्रिकेटर समेत रहेका खानले राजनीतिक रूपमा अभिप्रेरित भएको आरोप लगाएका छन्।

उनीमाथि विदेशी प्रतिष्ठित व्यक्तिले दिएको उपहार र बिक्रीबाट प्राप्त रकमको विवरण गलत रूपमा सार्वजनिक गरेको आरोप लागेको थियो।

त्यस्ता उपहारहरूमा रोलेक्स घडीहरू र औंठीलगायत सामेल थिए। (बिबिसि)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?