किरण गुरुगंको चुनावी प्रचार प्रसार रिसिगंको तनहूँको झापुटारबाट शुरु

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवं तनहूँ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उमेदवार किरण गुरुगंले रिसिगं गाउँपालिका वडा नं. १ झापुटारबाट आफ्नो चुनावी अभियान शुरु गर्नुभएको छ ।
गुरुगंले जनताको लागि काम गर्ने पार्टी र बोलेको कुरा पुरा गर्ने पार्टी नेकपा एमाले भएको कारण नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको थियो ।
उक्त अवसरमा गुरुगंले प्रदेश सरकारको मन्त्री हुदाँ आफुले तनहूँ जिल्लालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामहरु गरेको कारण ति योजनाहरु पुरा गर्न पनि आफ्नो उमेदवारी रहेकाे बताउनुभएको थियो ।
जनताको सुख दुःखमा साथ दिईरहने र भिरपाखामा डुलिररहने नेता भएको कारण पनि उमेदवार गुरुगंले यस क्षेत्रको अझै बिकास गर्छन् भन्ने आशा रहेको उक्त अवसरमा सहभागीहरुले बताउनुभएकाे थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्