आगोले पोलेर भिमादमा ९ वर्षे बालकको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँको भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापाको आगो ताप्ने क्रममा पोलेर मृत्यु भएको छ । २१ गते बेलुकी घरमा आगो ताप्ने क्रममा आगोले पोलेर घाईते भएका सुभाषलाई थप उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।

बालकको उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता युवराज खड्काले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?