बिपी कोईरालाकी नातिनी मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं / कांग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री बिपी कोइरालाकी नातिनी एवं बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रममा सहभागी हुने घोषणा गर्नुभएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ”अभिनेत्री कोइरालाले राप्रपाको कात्तिक २५ गते काठमाडौंको बसन्तपुरमा दिउँसो १ बजे, त्यसअघि पोखरा र स्याङ्जामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको” जानकारी दिनुभएको छ ।।

अभिनेत्री कोइरालाले पनि सामाजिक संजाल ट्वीटरमार्फत ”आफ्नो व्यस्त कार्यतालिकाबाट विश्राम लिएर राप्रपाको चुनावी सभामा सहभागी हुन घर जान लागेको” उल्लेख गर्नुभएको छ ।
”राष्ट्रियता र देशको इतिहास र सांस्कृतिक बुझाइले समकालीन नेताहरुभन्दा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई गतिशील, दूरदर्शी एवम् युवा नेता रहेको ” कोईरालाको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?