आगामी रणनितिको छलफलमा जुट्दै कांग्रेस केन्द्रीय समिति

  • ख-
  • ख+

रमेश पौडेल । काठमाण्डौ । प्रधानन्त्री के पी ओलीले पार्टीको झगडाबाट पार पाउनको लागि संसद विघटन र मध्यावधि चुनावको घोषण गरसगै नेपाली कांग्रेस पनि आफ्नो पार्टीको रणनिती के गर्ने भन्ने बारेमा छलफल गर्न केन्द्रिय समितिको बैठक राखिरह्का् छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बुधवार पनि बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
विभिन्न संबैधानिक नियुक्ति र जापानको राजदुतमा आफ्नी सासुलाई टिकाई राख्न प्रधानमन्त्री ओलीसग पटक पटक सम्झौता गरेका कांग्रेसका सभापति मंगलबार सम्बोधन गर्दै शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताइृसक्नुभएको छ ।
बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुने बैठकको मुख्य एजेण्डा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने रहेको छ । कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य रहेको र धेरै सदस्यले बैठकमा आफ्नो विचार राख्न खोजिरहेको हुनाले केन्द्रिय समितिको बैठक लामो समयसम्म चल्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरूद्ध सर्वोच्चमा रिट परेको हुनाले सर्वोच्च अदालतको आदेश पश्चात कांग्रेसले आफ्नो पार्टीको कार्यक्रम अगाडि बढाउने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?