चुनाव अपडेटः देशभर ३५ राउण्ड हवाई फायर, कहाँ-कहाँ ?

  • ख-
  • ख+

जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा आइतबार देशभर ३५ राउन्ड हवाई फायर भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ।

सिरहाको मिर्चैया बडहरामालमा ३ राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड र हुम्लामा १८ राउन्ड हवाई फायर भएको प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए ।

हुम्लाको देवकोटा आवि कुनापानीमा १७ राउन्ड र मान्धारा मावि भकुन्डामा १ राउन्ड हवाई फायर भएको छ। यस्तै बाजुरामा ५ राउन्ड र डोटीमा ४ राउन्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

(नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?