तनहूँ काँग्रेस जिल्ला सभापति जितप्रकाश आले प्रदेश सभामा विजयी

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेस तनहूँका जीतप्रकाश आले तनहूँ क्षेत्र नम्बर २ प्रदेशसभासदस्यमा विजयी भएको छ । बुधबार बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले ६ सय ४० मतान्तरले विजयी हुनु भएको हो । तनहूँ क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेको तनहूँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभएको हो । प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ ।
सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?