गण्डकीले मंगलबारदेखि सिफारिस भएका स्थायी शिक्षक विद्यालयमा पठाउने

  • ख-
  • ख+

मावि तह तृत्तीय श्रेणी स्थायी शिक्षकको जिल्ला पदस्थापनको लागि केही उम्मेदवारहरुको निवेदन नआएको गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

सोमबारसम्म अन्तिम समय हुँदा पनि निवेदन नपरेपछि सोमबार अपरान्ह ४ बजेसम्म निवेदन दिन सूचना जारी गरेको थियो । ११ जनाको नामावली सहित सूचना जारी गरेपछि ८ जनाले निवेदन दिएका निर्देशनालयले जनाएको छ । बाँकीले अहिलेसम्म पनि निवेदन नदिएकाले उनीहरुलाई बाँकी रहेको क्षेत्रमा पठाउने तयारी गरेको निर्देशनालयले जनाएको छ ।
निर्देशक अम्बिका प्रसाद आचार्यले भने ‘अझै पनि तीन चार जनाको निवेदन निवेदन आएको छैन । उहाँहरुलाई अब बाँकी रहेको क्षेत्रका विद्यालयमा पठाउँछौं ।’

मंगलबारदेखि नै उम्मेदवारले छनोट गरेको विद्यालयमा पठाउने तयारी रहेकोले अधिकांश सिफारिस भएका शिक्षकलाई मंगलबारदेखि विद्यालयमा उपस्थिति हुने गरी पठाउने उनले बताए । बाँकी रहेका शिक्षकलाई बुधबारदेखि विद्यालयमा उपस्थित हुने गरी पठाउने बताए ।

शिक्षक सेवा आयोगले गण्डकी प्रदेशको लागि २६३ जना शिक्षक सिफारिस गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?