बिजुलीको पोलमा ठोक्किएर काठमाडौंमा मोटरसाइकल चालकको मृत्यु

  • ख-
  • ख+

काठमाडौं/ काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किंदा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो । मोटरसाइकल चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षीय सन्देश कार्की छन् । उनको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका १ टंकीमा सोमबार बेलुकी साढे ८ बजे को १९ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा बुढीगंगा २ का ५५ वर्षीय भदु राजवंशी घाइते भएका छन् । उनको उपचार विराट मेडिकल कलेजमा भइरहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?