बाबुछोरा सवार स्कुटरलाई ट्रकले ठक्कर दिँदा छोराको मृत्यु

  • ख-
  • ख+

रूपन्देही । कुल पूजाबाट फर्कँदै गरेका बाबुछोरा चढेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा छोराको मृत्यु भएको छ । बुबा गम्भीर घाइते बनेका छन् ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा अर्घाखाँचीका १७ वर्षीय सम्राट खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।

चालक मृतकका बुबा लक्ष्मण सामान्य घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु. २ ख ६५०१ नम्बरको ट्रकले लु. ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

भित्री बाटोबाट मुख्य राजमार्गमा स्कुटर प्रवेश गर्न लाग्दा दुर्घटना भएको हो । उनीहरू अर्घाखाँचीबाट कुलपूजा मानेर फर्केका थिए ।

( नेपाल प्रेस )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?