कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुला

  • ख-
  • ख+

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।

कार्यालयको अनुसार शैक्षिक सत्र २०७९।८० मा भर्ना भएका विद्यार्थीहरुले पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुर सहित पुस मसान्तसम्म फाराम बुझाउन सक्नेछन् ।

रजिष्ट्रेसन आवेदन सहित प्रति विद्यार्थी ४ सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने र सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र बिलम्ब शुल्क सहित ८०० (आठ सय) रुपैया का दरले रकम जम्मा गर्नुपर्ने कार्यालयले सूचना जारी गरेको छ ।

सम्बन्धित विद्यालयले माघ १५ बैंक भौचर र रजिष्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?