तनहूँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि पौष ६ गते निर्वाचन हुने संशोधित तालिका सार्वजनिक गरेको छ ।
कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता निर्वाचनसम्बन्धी सार्वजनिक कार्यक्रममा दलको नेताका लागि उम्मेदवारी दिन शुल्क तिर्नुपर्ने प्रावधान तोकेको छ ।
नयाँ तालिकाअनुसार उम्मेदवारले दरखास्त दिँदा ५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ ।
मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ ।
आइतबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।
कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायतले आकांक्षा देखाउनुभएको छ ।
यस्तो छ संशोधित तालिकाः









