कांग्रेसको संसदीय दलको नेताका लागि देउवा र थापाद्धारा मनोनयन दर्ता

  • ख-
  • ख+

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाले उम्मेदवारी दिनुभएको छ ।

मंगलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवा र गगनले आ -आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ । यस्तै महामन्त्री गगन थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल हुनुहुन्छ ।

संसदीय दलको नेताका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ।

बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ। मंगलबार बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि (बुधबार) बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लागि मतदान हुनेछ ।

कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनमा ८९ सांसदले मतदान गर्न पाउँछन् ।

विजेताले ५१ प्रतिशत अर्थात ४५ मत ल्याउनुपर्ने हुन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?