कांग्रेसका केही नेताहरूले फोन गरेर प्रचण्डलाई हाम्रो पनि प्रधानमन्त्री तपाईँ नै हो भन्नुभयोः महरा

  • ख-
  • ख+

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसका नेताहरूले फोन गरेर बधाई दिएका छन् ।
गठबन्धन तोडेर एमाले लगायतका पार्टीहरूसँगको समीकरणमा प्रधानमन्त्री भएका प्रचण्डलाई फोन गर्दै कांग्रेस नेताहरूले ‘हाम्रो प्रधानमन्त्री तपाई नै हो’ भन्दै बधाई दिएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

माओवादी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महराले कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूले फोन गरेको बताए ।

उनले भने, ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर दाहाललाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो ।’

महराले कांग्रेसको हठका कारण गठबन्धन टुटेको बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत देउवाका कारण गठबन्धन टुटेको भन्दै असन्तुष्टि जनाइरहेको उनले बताए । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?