शेखर कोइरालाको सम्पर्क कार्यालय कांग्रेस इतर समूहको बैठकः गठबन्धन भत्किएको बारे समीक्षा हुँदै

  • ख-
  • ख+

नेपाली कांग्रेसका संस्थापनइतर समूहको बैठक जारी छ । बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा अहिले बैठक बसिरहेको छ ।

पाँचदलीय गठबन्धन टुटेर सत्ता समीकरण फेरिएसँगै संस्थापन र इतर समूहबीच एकआपसमा घोचपेच चलिरहेको छ । २२ गते बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने एजेण्डाको बारेमा छलफल हुने एक नेताले बताए ।

इतर समूहको छलफलमा उपसभापति धनराज गुरुङ, डा। शेखर कोइराला, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत नेता सहभागी छन् ।

गठबन्धन टुटेपछि कांग्रेस संघदेखि प्रदेशसम्म सरकारबाट बाहिर पुगेको छ । इतरसमूहले देउवाको राजीनामा माग्नेसम्मको तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?