मादीका निर्वतमान वडाध्यक्ष घरमै जलेको अवस्थामा मृत भेटिए

  • ख-
  • ख+

कास्की । कास्कीको मादी गाउँपालिका १ सिक्लेसका सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् ।

निर्वतमान वडाध्यक्षसमेत रहेका उनी जलेको अवस्थामा मृत भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।

वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्थे । उनका छोरा।बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन् । आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए ।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए । के कारणले आगलागी भएको भन्ने यकिन हुन सकेको छैन ।
(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?