छोरा र ज्वाइँको योजनामा सुटर लगाएर हत्या, ३ जना पक्राउ

  • ख-
  • ख+

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो । हत्या आरोपमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जनाएको छ ।

उनीहरुलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्नको आरोप लागेका भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार छन् ।

मृतकका ज्वाइ उदय मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सवारी चालक छन् ।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर धानुक दासको हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । धानुक गाउँमा मिस्त्री काम गर्थे ।

यो विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी सार्वजनिक गराउने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?