१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

  • ख-
  • ख+

दाङ। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका ९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।
उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यादवले ती बालिकालाई सोही नगरपालिका ९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?