तनहूँ । व्यास नगरपालिकामा बिहिवार घटेको घटनाप्रति घोर निन्दा र भर्सना गर्दै नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टीका नेताहरुले विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्तिमा वहाँहरुले बेरुजू, अनियमितता, फजुल खर्च, मनोमानी ढंगले कर्मचारी नियुक्ति , जनप्रतिनिधिहरु र कर्मचारीको पक्षपातपुर्ण व्यवहार, भोजभतेरबाट बदनामी कमाएको नगरपालिका नेतृत्वले केहि राम्रो काम गर्छ कि भन्ने अपेक्षा विपरित जनताका अपेक्षाहरुमा कुठाराघात भएको छ ।
अगाडि विज्ञप्तिमा नेपाल सरकारका एक मात्र कर्मचारी प्रमुख प्रशासकिय अधिकृतको नेमप्लेट झिक्ने, चाबि खोस्ने, अभद्र व्यवहार गर्ने, अपशब्द प्रयोग गरि गाली गलौज गर्ने जस्ता कृयाकलाप स्थानिय तहका कर्मचारीको लागि शोभनिय होईन र यस घटनाप्रति नगरवासीको चासोलाई सम्बोधन गर्दै तत्कालै सर्वदलिय बैठक मार्फत नगरपालिकाका बेथिति र बिकृतिको अन्त्य कर्मचारी बिचमा हार्दिकता पैदा गर्नका लागि नगरपालिका नेतृत्वबाट पहलकदमी गर्दछ भन्ने अपेक्षा राख्दछौ । यसलाई बेलैमा सम्हाल्न नसक्दा उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवारी नगरपालिका नेतृत्व स्वयं हुने कुरामा सचेत गराउन चाहन्छौ भनिएको छ ।
यसरी सवज्ञप्ति जारी गर्नेहरुमा नेताहरुमा नेकपा एमालेका रामजी लौडारी, नेकपा माओवादी केन्द्रका रामचन्द्र सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यमणी पौडेल, नेकपा एस् का मंगलप्रसाद श्रेष्ठ, नेकपा ( क्रान्तिकारी माओवादी) की झरना, नेकपा (मसाल) का श्रीकुमार श्रेष्ठ, जनता समावादी पार्टीका हेमबहादुर थापा, नेकपा (बहुमत) का नेत्र थापा र नेपाल कम्युनिष्ट पार्टीका ओमबिक्रम पन्थ हुनुहुन्छ ।








