गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसहित ३ मन्त्रीले लिए शपथ

  • ख-
  • ख+

पोखरा । नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीसहित ३ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् ।

शपथ लिने मन्त्रीहरूमा एमालेकी सिता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ रहेका छन् । उनीहरूले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन् । प्रमुख गुरुङले अधिकारीलाई संविधानको धारा १६८ को उपधार २ बमोजिम सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?